धनगढी- कैलालीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१ मा सु.प.प्र.०१–०१० प ३६९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा सोमबार राति दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुरको लालझाडी गाउँपालिका –४ जाँई शिबिरका ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।













