• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

‘सुदूरपश्चिममा संघीयताप्रतिको वितृष्णा हटाउँछु’

  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित

प्रधानमन्त्री एवम् नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वकीय सचिव भएर पनि काम गरेका प्रकाश देउवा यसपटक कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (ख)बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन् । उनी प्रधानमन्त्री देउवाको भतिजासमेत हुन् । अहिले उनी चुनावी प्रचार–प्रचारमा सक्रिय छन् । प्रस्तुत छ, उम्मेदवार देउवासंग गरिएको कुराकानी :

तपाईको चुनावी कार्यक्रम कसरी अगाडि बढिरहेको छ ?
अहिले लोकतानित्रक गठबन्धन छ । गठबन्धनका लागि मत माग्न मतदाता भेटघाट, घरदैलो, टोलसभालगायतका कार्यक्रमहरु भइरहेका छन् । जिम्मेदवारी बाँडफाँड गर्दै नेता कार्यकर्ताहरुलाई पनि परिचालन गरिएको छ । चुनावी प्रचार प्रसारका क्रममा यहाँका समस्या बुझ्ने कामहरु पनि भइरहेको छ ।

युवा उमेरमै प्रदेशसभा सदस्य उम्मेदवार बन्नुभएको छ कस्तो महसुस भइरहेको छ ?
म उमेरले युवा नै हो । मेरो घरको राजनीतिक माहोलले म सानैदेखि कांग्रेस पार्टीमा लागेको हुँ । धनगढीमै हुर्के पढेको मान्छे हो । धनगढी नम्बर वडा नम्ब्।र २ मा घर भएको म ऐश्वर्य विद्या निकेतनमा पढेको हुँ । कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुँ । अहिले पहिलो पटक उम्मेदवार बनेको छु । विजयी भएको खण्डमा यहाँको लागि म धेरै काम गर्न सक्छु ।

अब राजनीति युवा पुस्ताको हातमा जानुपर्छ भनिरहँदा तपाईँको ठूलोबुवा अर्थात प्रधानमन्त्री देउवा र तपाई सँगै दुई पुस्ता चुनावमा होमिनुभएको छ । कस्तो प्रतिक्रिया आइरहेको छ ?

प्रधानमन्त्री एवम्ं हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवा उहाँको देशका लागि महत्वपूर्ण योगदान छ । उहाँले प्रजातन्त्रका लागि आफ्नो युवा अवस्थादेखि गरेको सङ्घर्ष र योगदान हामी सबैलाई थाहा छ । उनले विभिन्न आन्दोलन गरेर नेपाली काँग्रेसमा लागेर यो देशलाई यहाँसम्म ल्याउनुभयो । देशमा प्रजातन्त्र आयो । प्रजातन्त्र हुँदै पछि गणतन्त्र आयो यो सबै काल खण्डमा उहाँको महत्वपूर्ण योगदान छ । र अहिले उहाँ यो देशको प्रधानमन्त्री हुनुहुन्छ । म पनि बाल्यकालदेखि नै उहाँसंग लागेर विभिन्न आनदोलनहरुमा सहभागि भएको छु । चाहे त्यो ६२/६३ को आन्दोलन होस या त्यो भन्दा अगाडि राजा ज्ञानेन्द्रले चालेका हर कदम होस । त्यसमा पनि प्रत्यक्ष अत्याचारमा परेका व्यक्ति हौं । उहाँले देशको प्रधानमन्त्री र पार्टीको सभापति भएकाले टिकट नपाउने भन्ने भएन । म पनि राजनीतिमा लागेको क्षमतावान युवा भएकाले टिकट पाउनु नौलो कुरा भएन । पाटीले सबै उमेर समूहका मान्छेलाई समेटेर लिएको छ भन्ने सन्देश पनि दिएको छ । मैले यसलाई पोजेटिभ रुपमा नै लिउको छु ।

तपाई यही जन्मिनुभयो, हुर्किनु र यही पढ्नुभयो । तर तपाईलाई विपक्षीले टुरिस्ट भन्न भ्याइरहेका छन् नि ?
चुनावमा प्रतिस्पर्धीले अरुका भएका वा नभएका कमजोरीहरुलाई प्रचार गर्ने गर्छन् । जुन राम्रो काम भने पक्कै होइन् । तर जनतालाई भ्रममा पार्न यस्तो गरिन्छ । यहाँ मेरै प्रतिस्पर्धी एमालेका दुर्गाप्रसाद जोशीले मलाई राम्रोसंग चिन्नुहुन्छ । म पनि उहाँलाई राम्रोसंग चिन्छु । उहाँले मेरो बारेमा के जनतामाझ गएर के भनिरहनुभएको छ थाहा भएन ।

तपाइको उम्मेदवारी किन र केका लागि ?
सर्वप्रथम मेरो उम्मेदवारी समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि हो । पछिल्लो सरकारले गरेका क्रियाकलाप र काम कारबाहीका कारणले सङ्घीयताप्रति जनतामा वितृष्णा पैदा भएको छ । यसलाई चिर्नुछ । प्रदेशसभा सदस्य र प्रदेश सरकारमा गइसकेपछि विचारै नगरी जहाँ पायो त्यहीँ बजेट हाल्ने काम भइरहेको छ । यसले असमानता पैदा भयो । काम पनि सही तरिकाले हुन सकेन । जसले गर्दा जनतामा संघीयताप्रति राम्रो सन्देश पुग्न सकेन । जनताबाट सङ्घीयता भ्रस्टचारको लागि मात्र भएका भन्ने जस्ता गुनासा आएका छन् । यही म प्रदेशसभा सदस्य भइसकेपछि यही ठाउँमा बस्छु । प्रदेश सदस्य हुने र काठमाडौं गएर बस्ने काम हुँदैन । यही प्रदेशमा नै प्रदेशका समस्या बुझेर यसको समाधानको बाटो निकाल्न सकिन्छ । यो सबै कुरालाई नियालेर समग्र प्रदेशको विकास गर्नेछु । जस्तो केन्द्रबाट सङ्घबाट नपुगेका, नदेखेका, र नगर्न सकेका कामलाई प्रदेश सरकारले गर्नुपर्छ । हुन त स्थानीय तह पनि छ तर स्थानीय तहको निश्चित दायरा छ । स्थानीय तहबाट हुन नसकेका काम मैले प्रदेशबाट गर्नेछु ।

यहाँका लागि के–के काम गर्न सक्नुहुन्छ ?
प्रदेश सरकार र यही सरकारको पहलबाट गर्न सकिने कामहरुका लागि म सक्रिय हुनेछु । जस्तै प्रदेश सरकारका गौरवका योजना पनि हुन्छन् । यहाँ थुप्रै सम्भावना छन् जस्तै खप्तड क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने, विकास निर्माणका कुरामा यही त्रिनगर भन्सारको स्तरोन्नतिको कुरा, बाटाघाटाका कुरा, खानेपानी जस्ता धेरै कुरामा म काम गर्ने छु । फाप्ला क्रिकेट मैदान, एयरपोर्ट, धनगढीमा डुबानको समस्या छ यो यहाँको मुख्य समस्या हो । यसका लागि ढल निकासको काम, अर्को तटबन्धका क्षेत्रमा म काम गर्ने छु । मुख्य कुरा दुव्र्यसनीको समस्या छ । यसको रोकथामका लागि काम गर्नुछ ।

 

  • प्रकाश देउवा
शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.