धनगढी– कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका नरदमुनि राना अग्रता बढाउँदै गएका छन् । यसअघि १४८ मतले अगाडि रहेका रानाले पछिल्लो अपडेट अनुसार मतान्तर १७४ मत पुर्याएका छन् । उनले ९५७ मत ल्याएका छन् ।
रानलाई पछ्याइरहेका नेपाली कांग्रेसबाट गठबन्धनका साझा उम्मेदवार डिल्लीराज पन्तले ७८३ मत ल्याएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले ३३१ मत ल्याएका छन् ।














