धनगढी– कैलाली निर्वाचन क्षेत्र नं. ४ मा नेपाली काङ्ग्रेसबाट गठबन्धनका साझा उम्मेदवार वीरबहादुर बलायरले मतान्तर बढाउँदै लगेका छन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका लेखराज भट्ट भन्दा २ हजार ३०७ मतको अन्तर बनाएका छन् ।
पछिल्लो अपडेट अनुसार बलायरले १९ हजार १९७ ल्याएका छन् भने भट्टले १६ हजार ८९० ल्याएका छन् ।














