धनगढी– कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् ।
प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका डिल्लीराज पन्तले ३२७ मतले अग्रता लिएका छन् । १३ हजार ४८५ मत गणना गर्दा उनले ४ हजार ५६६ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नारदमुनि रानाले ४ हजार २३९ मत प्राप्त गरेका छन् ।













