धनगढी- कैलाली निर्वाचन क्षेत्र १ मा प्रतिनिधि सभा तर्फ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले विजयी हासील गरेकी छन् ।
पार्टी संरक्षक रेशम चौधरी पत्नीसमेत रहेकी रञ्जिताले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन् ।
रञ्जिताले ३० हजार ४०४ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चौधरीले १९ हजार ८१ मत प्राप्त गरे ।
एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार ९१० मत ल्याएर तेस्रो भएका छन् । यहाँ जम्मा ६४ हजार ९९९ मत खसेकोमा ३ हजार २६८ मत बदर भएको थियो ।














