काठमाडौं- यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले जित निकालेको छ। कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले जित निकालेको हो । कर्णालीले दिएको १२८ रनको लक्ष्य सुदूरपश्चिमले ५ विकेट गुमाएर २६ ओभर २ बलमा भेट्टायो।
सुदूरपश्चिमका लागि मिलन बोहराले ४२ रन बनाए । दीपक बोहरा २०, अर्का दिपक बोहराले २०, सुनिल चन्दले १३, अनुराग सिंहले १०, बिशाल ऐरले ९, सुनिल चन्दले १३ र ज्ञानेन्द्र बोहराले ४ रन बनाए। सुनिल र ज्ञानेन्द्र नटआउट रहे।
कर्णालीका लागि अनुज चनराले ३ तथा सन्दीप शाही र मोहन विकले १–१ विकेट लिए।
यसअघि ब्याटिङ गरेको कर्णालीले ३२ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । कर्णालीका लागि दिनेश अधिकारीले ३५, सुवार ऐरले ३० रन बनाए। विपिन रावलले १९, आवास साहले १५, सन्दीप साहीले १०, रोशन शाहीले २ र विनित खत्रीले १ रन बनाएका थिए। अन्यले भने खाता नै खोल्न सकेनन्। कर्णालीले ३५ रन एक्स्ट्रा पाएको थियो।
सुदूरपश्चिमका लागि मिलन बोहराले ३, नरेन्द्र साउदले २ तथा हेमन्त धामी र कैलाश ऐरले १–१ विकेट लिए।













