धनगढी- कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन्। उनले गठबन्धनका उम्मेदवार नेकपा – माओवादी केन्द्रकी बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका छन्।
तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा बिना मगरले १६ हजार ५८ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो।













