काठमाडौं – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह एफको खेलमा मोरक्कोले बेल्जियमलाई हराएको छ ।
खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा मोरोक्कोले दुई गोल गर्यो । मोरोक्कोका लागि साबिरी र जाकारियाले गोल गरेर टीमलाई माथि उठाए । यसअघि समूह चरणमा बेल्जियमले क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको थियो भने मोरक्कोले क्रोयसियासँग बराबरी खेल खेलेको थियो ।
यसअघि आजै भएको पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।














