धनगढी- यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीमा सञ्चालन हुन लागेको सुदूरपश्चिम महोत्सवको तयारी करिब ६० प्रतिशत पूरा भएको छ । महोत्सवको तयारी हुँदै गर्दा महोत्सवमा कुन–कुन कलाकारहरुले प्रस्तुती दिँदैछन् भन्ने चाँसो बढेको छ ।
यस क्षेत्रको एक पर्वका रुपमा रहेको महोत्सवमा यस वर्ष पनि थुप्रै चर्चिक कलाकारहरुले प्रस्तुती दिने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवमा चर्चित गायक प्रमोद खरेल, पशुपति शर्मा ,रामजी खाँण, राजेश पायल राइ, सुगम पोखरेल, रमेशराज भट्टराई, खुमन अधिकारी ,प्रिति आले, प्रकाश सपुत, टंक तिमिल्सिना, चक्र बम, टंक तिमिल्सिना, रबि ओड, प्रताप दास, अस्मिता अधिकारीलगायत सुदूरपश्चिमका चर्चित देउडा गायकहरुले प्रस्तुती जानकारी दिए ।
महोत्सवमा रमाइलो मेला, स्थानीय उत्पादनका विभिन्न स्टल, कृषि प्रदर्शनी, विभिन्न व्यापारिक स्टल, सुदूरपश्चिमका विभिन्न परिकारसहितका स्टललथायत रहनेछन् । महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । धनगढी उपमहागनरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन हुने महोत्सव उद्घाटनका लािग प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्त्याइएको छ ।























