धनगढी– धनगढीमा सडक पिच गरिरहेकि ग्रेडरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।
धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा बिहीबार बिहान ना १ क ९७५ न.को ग्रेडरले साइकलमा स्कुल गइरहेकी धनगढी उपहानगरपालिका ४ बस्ने १४ वर्षीया चेतना साउँदको मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक साउँद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।
ग्रेडर चालक जिल्ला चितवन भरतपुर महानगरपालिका २८ बस्ने वर्ष २७ को विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अहिले किशोरीको शव घट्नास्थमै रहेको र उक्त स्थानमा प्रहरी निरीक्षकको कमाण्डमा ३१ जनाको टोली खटाइएको कैलाली प्रहरीले जनाएको छ ।
स्थानीयले अहिले टायर बालेर सडक अवरुद्ध पारेका छन् ।














