धनगढी- उपमहानगरपालिका– १४ फूलबारी डी गाँउमा रहेको जनजागृति माध्यमिक विद्यालयले विहीबार आफ्नो ४३औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै ४३ औँ वार्षिकोत्सव कार्यक्रम गरिएको हो ।
विद्यालय व्यवस्थापनका निवर्तमान अध्यक्ष ओमप्रसाद पगालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख कन्दकला राना रहेकी थिइन् । वार्षिकोत्सव कार्यक्रममा विभिन्न सांस्कृति प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।













