एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा रहेको पाकिस्तानी राजदूताबासमाथि आक्रमण भएको छ । अफगानिस्तानका लागि पाकिस्तानी राजदूतओबैद उर रहमान निजामानी उक्त बन्दुक आक्रमणबाट भने जोगिएका छन् ।
स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।
एक प्रत्यक्षदर्शीले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताए अनुसार उनी गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिडडुल गर्दै थिए ।
यहाँको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दे घटनाको अनुसन्धान गर्ने बताएको छ। घटना कुन समूहले किन गरेको भन्ने अहिले सम्म खुल्न सकेको छैन।













