धनगढी – बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन् ।
खसेको ६० हजार १५२ मध्ये हाल सम्म पाण्डेले १५ हजार ९६० मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १३ हजार ५ मत पाएका छन् । उनीहरूबिचको मतान्तर २९५५ छ ।













