धनगढी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेका छन् । बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका हुन् ।
पछिल्लो मत परिणामअनुसार उनले २६ हजार ९८६ मत पाएका छन् । पाण्डेलाई पछ्याइरहेका नेकपा एमालेका कर्ण थापाले २३ हजार २०८ मत प्राप्त गरेका छन् । उनी पाण्डेभन्दा ३ हजार ७७८ मतले पछाडि छन् ।













