काठमाडौं – नामिबियामा जारी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई १२० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ११९ रन बनाउँदा ३५ ओभर ३ बलमा अलआउट भयो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । अन्य ब्याटर स्कटिस बलिङ आक्रमणका अगाडि धरासायी भए । जारी लिगमा नेपालले यसअघि दुई खेल गुमाइसकेको छ ।














