धनगढी- यसअघि काठमाडौंबाट सञ्चालित एशियन व्यवस्थापन कलेज यस शैक्षिक सत्रदेखि कैलालीको धनगढीबाट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट सञ्चालनमा ल्याइएको कलेजले धमाधम विद्यार्थीको भर्ना लिइरहेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा भर्ना लिन सुरु गरेको कलेजका अध्यक्ष रमेश पन्तले बताए । गुणस्तरीय तथा रोजगारमूलक शिक्षा प्रदानको लागि कलेजको स्थापना गरिएको उनले बताए । उनका अनुसार कलेजले अहिले सुरुवातमा बीए, बीएसडब्लु र बीबीएस विषय अध्यापने गराउँदैछ ।
किन रोज्ने एशियन व्यवस्थापन कलेज ?
प्रविधिमैत्री वातावरणमा वर्षौदेखि अध्यापन गराउँदै आएका शिक्षकहरुले अध्यापन गराउनेछन् । कलेजमा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ । विदेशी शैक्षिक संस्थाहरुसंग ‘स्टुडेन्ट एक्सचेञ्ज प्रोग्राम’ कार्यक्रम पनि कलेज अगाडि बढाइरहेको छ ।
टीयु र विदेशी विश्वविद्यालयका प्रध्यापकहरुबाट अतिनरिक्त कक्षाको व्यवस्था हुनुका साथै बेलाबेलामा विभिन्न संघ–संस्थाहरु र औद्योगिक प्रतिष्ठाहरुमा शैक्षिक अवलोकन गरिने कार्यक्रम कलेजले अगाडि बढाइरहेको छ । साथै कलेजमा अध्ययनरत संघ–संस्थाहरुमा इन्टर्नशिप र रोजगारीको व्यवस्था पनि गरिएको छ ।























