बैतडी- बैतडीमा भोलि आइतबारदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता शुरु हुने भएको छ। मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा म्यानेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना गर्न लागिएको हो। ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार उक्त प्रतियोगिताको सबै तयारी पूरा भएको छ।
चन्दका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिकाबाहेक अन्य सबै पालिकाको सहभागिता रहनेछ। नौ पालिका र एक आयोजक गरी १० टोली सहभागी हुनेछन्। प्रतियोगितामा विजेताले १ लाख २५ हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ७५ हजार रुपैयाँ र ट्रफी पाउनेछ।
प्रतियोगिताका खेलहरू दशरथचन्द खेलमैदान सुन्दरखालीमा हुने जनाइएको छ। प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ। जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि प्रत्येक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ।













