धनगढी- कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा जारी १६ औँ संस्करणको सुदूरपश्चिम महोत्सव २०७९ मा आज चर्चित लोक प्रीय गायक पशुपति शर्मा, बाल गायक सुप्रिम मल्ल ठकुरी र गायिक अनु चौधरी आउँदै छन् ।महोत्सवको आज पाँचौ दिन उनीहरुको बेजोड प्रस्तुती रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले जानकारी दिए ।
सोमबार राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने कलाकार संयोजक समेत रहेका कुँवर बताए । यसअघि आइतबार चर्चित गायिका रचना रिमाल, गायक रमेशराज भट्टराई र ‘द भ्वाइस अफ नेपाल ४’मा उत्कृष्ट ८ मा प्रवेश गरेका सुदूरपश्चिमको अछामका आशिष महरले आफ्नो बेजोड प्रस्तुती राखेका थिए ।
महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव पुस २ गतेसम्म हुनेछ ।सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।













