धनगढी । सुदूरपश्चिम महोत्सवमा आज राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ । महोत्सवको आज १० औँ दिनमा बद्री पंगेनी र राधिका हमालको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले बताए । कुँवरले आज राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने जानकारी दिए ।
मङ्सिर २२ देखि सुरु भएको महोत्सव पुस ५ गते सम्म सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।













