धनगढी- कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा जारी १६ औँ संस्करणको सुदूरपश्चिम महोत्सव २०७९ मा आज (आइतबार) चर्चित गायिका एलिना चौहान, सुदूरपश्चिमका चर्चित देउडा गायक महेश कुमार औजी र प्रत्यक्ष दोहोरी चल्ने चर्चित कार्यक्रम ईन्द्रेणीका प्रस्तोता कृष्ण कडेँल आउँदै छन् ।
महोत्सवको एघारौँ दिन उनीहरुको बेजोड प्रस्तुती रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले जानकारी दिए । राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने कलाकार संयोजक समेत रहेका कुँवरले बताए ।














