धनगढी- कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा जारी १६ औँ संस्करणको सुदूरपश्चिम महोत्सव २०७९ मा चर्चित आज लोक दोहोरी गायिका शान्तिश्री परियार र चर्चित गायक निसान भट्टराई आउँदै छन् ।
महोत्सवको बाह्रौँ दिन उनीहरुको बेजोड प्रस्तुती रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले जानकारी दिए । सोमबार राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने कलाकार संयोजक समेत रहेका कुँवर बताए ।













