धनगढी- कैलालीको अत्तरियास्थित साना किसान कृषि सहकारी संस्थाबाट चोरी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका–२ स्थित साना किसान कृषि सहकारी संस्थाको लकर तोडेर पाँच लाख ६८ हजार ६ सय रुपैंया चोरी भएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतका अनुसार कार्यालयको झ्यालको ग्रिल निकालेर चोरी भएको हो । चोरले सिसीभिटी क्यामराको डिभाइससमेत लिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।














