• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

दक्षिण भारतको प्रशिद्ध विश्वविद्यालयसँग एसपीएको भागिनी सम्बन्ध स्थापना, विद्यार्थी आदानप्रदान हुने

  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित

धनगढी- दक्षिण भारतको प्रशिद्ध भारत विश्वविद्यालय (इन्सिच्युट अफ हाइअर एडुकेसन एण्ड रिसर्च, बेहर) र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)बीच भागिनी सम्बन्ध स्थापना भएको छ । सम्झौतापत्रमा एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय र भारत विश्वविद्यालयका नामले परिचित बिहेरका उपकुलपति प्राध्यापक डा. बैकण्टेस बाबुले हस्ताक्षर गरे ।

सम्झौताअनुसार दुबै संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, छात्रवृत्ति वितरण, पाठ्यसामाग्री तथा पुस्तकहरु त्था अनुसन्धान सामाग्रीहरुको आदानप्रदान हुनेछ ।

‘अध्ययन, अनुसन्धानका दुबै शैक्षिक संस्थाबीच प्राध्यापकहरु तथा विद्यार्थीहरु आदानप्रदान हुनेछ । त्यसबाहेक शैक्षिक कार्यक्रम, पुस्तक, पाठयसामाग्री र विभिन्न अनुसन्धान प्रोजेक्टहरुमा साथमा काम गर्ने समझदारी भएको छ,’ सम्झौता पत्रमा उल्लेख छ ।

No description available.

सन् १९८४ मा स्थापित भारत विश्वविद्यालयमा विश्वभरबाट १० हजारभन्दा बढी विद्यार्थी विभिन्न संकायमा अध्ययनरत् छन् । ६०३ एकड क्षेत्रफलमा फैलिएको विश्वद्यालयलय अन्तर्गत भारत मेडिकल कलेज र हस्पिटल, श्री बालाजी कलेज अफ नर्सिङ, श्री बालाजी मेडिकल कलेज एण्ड हस्पिटल, श्री लक्ष्मी नारायण इन्सिच्युट अफ मेडिकल साइन्सलगायत शैक्षिक संस्था आवद्ध छन् । यस्तै बिहेरमा इन्जिनियरिङ एण्ड टेक्नोलोजी, कानुन, फार्मेसी, मिडिया, आर्टस एण्ड साइन्सलगायतका विषयहरुमा अध्ययन अध्यापन हुन्छ ।

सम्झौताअनुसार अब प्राज्ञिक अध्ययन अनुसन्धानका लागि दुबै शैक्षिक संस्थाका प्राध्यापकहरु एक अर्को ठाउँमा जानेछन् । दुवैतर्फका विद्यार्थीहरु एक अर्का संस्थामा अध्ययन गर्न पाउनेछन् । पाठ्यपुस्तक, वैज्ञानिक प्रकाशनहरु, एकेडेमिक प्रोजेक्टहरु, सेमिनारहरु आदानप्रदान हुनेछन् । एकअर्का शैक्षिक संस्थाका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँने समझदारी पनि भएको छ ।

No description available.

सम्झौता कार्यक्रमपश्चात एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले उच्च प्राज्ञिक यात्रामा अघि बढ्ने लक्ष्यसहित एसपीएले दक्षिण भारतकै प्रशिद्ध विश्वविद्यालयसँग भागिनी सम्बन्ध स्थापना गरेको बताए ।

‘एसपीएलाई अध्ययन अध्यापनको थलो बनाउँनका लागि र अनुभव आदानप्रदान तथा विशेषज्ञहरुको विशेषज्ञतालाई सदुपयोग गर्नका लागि हामीले दक्षिण भारतको अतिप्रशिद्ध विश्वविद्यालयसँग सम्झौता गरेका छौं,’ क्याम्पसप्रमुख उपाध्यायले भने, ‘ उच्च प्राज्ञिक यात्रामा अघि बढ्ने लक्ष्य एसपीएले लिएको छ । यस समझदारीले विद्यार्थी, प्राध्यापकको अनुसन्धानात्मक क्रियाकलापमा सहयात्राको भूमिका निर्वाह गर्ने विश्वास छ ।’

भर्चुअल रुपमा भएको सम्झौता कार्यक्रममा बिहेर विश्वविद्यालयका सहायक उपकुलपति प्रा.के विजय भाष्कर राजु, डिन डा. अहमद हुसैन समेत उपस्थित हुनुहुन्थ्यो । यस्तै एसपीए कलेजकातर्फबाट क्याम्पस प्रमुख उपाध्यायसँगै उपप्राध्यापक तथा क्यूएए फोकल पर्सन जगन्नाथ जोशी र कलेजकी क्लब फेसिलिएटर तथा जनसम्पर्क अधिकृत अर्पणा गुप्ताको समेत उपस्थिति रहेको थियो ।

  • एसपीएको भागिनी
आइतबार, पुष १०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.