धनगढी – सुदूरपश्चिम प्रदेश सभामा आगामी पुस २८ गते सभामुखको निर्वाचन हुने भएको छ । ज्येष्ठ सदस्य मानबहादुर रावलले यहि पुस २८ गते सभामुखको निर्वाचन गराउन सचिव देवबहादुर बोगटीलाई तयारी अघि बढाउन निर्देशन दिए ।
निर्वाचनका लागि छिट्टै सूचना निकाल्न सचिवलाई अनुरोध गरे ।
नेपालको संविधान १८१ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियमित ७ बमोजिम समामुखको निर्वाचनका लागि पुष २८ गते दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको हो । यसअघि माघ २ गते हुने भन्ने सूचना प्रवाह भएको थियो ।
प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेशसभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ लाई सर्वसम्मतले स्वीकृत गरेको छ । पहिलो वैठकमा प्रदेश सभा सदस्यले शुभकामना आदान–प्रदान गरेका छन् ।













