धनगढी – कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको शनिबार निधन भएको छ । उनको उपचारका क्रममा शनिबार काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो ।
कलेजो र मिर्गौलाका विरामी कलेल दुई साताअघि उपचारका लागि काठमाडौं गएका थिए । कैलालीको मसुरिया घर भएका ५२ वर्षीय कलेल नेपाली कांग्रेसका तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखका निर्वाचित भएका थिए । उनका तीन छोरा, दुई छोरी र श्रीमती छन् ।













