काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आकाशिँदै गएको छ । आइतबार १ हजार रुपैयाँले बढेको सुनको मूल्य सोमबार ६ सय रुपैयाँले बढेकोछ ।
सोमबार सुनको मूल्य १ लाख ३ हजार ९ रुपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ । तेजावी सुन १ लाख हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मुल्य पनि १० रुपैयाँ बढेको छ । चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस वर्षसंगै सुनको मूलइम्ँ नयाँ रेकड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन दुई दिनमा १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।













