धनगढी । मंगलबार दिउँसो गएको भूकम्पमा परी बाजुरामा केही घर भत्किएको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो २: ४४ मा बाजुरालाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
उक्त भूकम्पको शक्तिशाली धक्का सुदूरपश्चिम, कर्णाली प्रदेशमा महसुस गरिएको थियो भने लुम्बिनी र गण्डकी प्रदेशका जिल्लाहरूमा पनि धक्का महसुस गरिएको छ ।यस्तै बझाङमा पनि केही घर भत्किएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी ) सूर्य थापाका अनुसार बाजुराका एकरदुई पालिकामा घरहरू भत्किएका छन् । जिल्लाको बडिमालिका नगरपालिका ७ र ८ मा केही घर भत्कीएको जानकारी आएको डीएसपी थापाले बताए । अहिले प्रहरी क्षति भएको स्थलमा पुगेको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।













