धनगढी । बाजुरा केन्द्रबिन्दु बनाएर मङ्गलवार गएको भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा २५ घर भत्किएको छ । भूकम्पका कारण आंशिक र पूर्ण गरी २५ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाका अनुसार बाजुराका विभिन्न पालिकामा घरहरू गरी २५ घर भत्किएका छन् ।
यस्तै ४० देखि ५० ओटा सम्म भेडा मरेको खबर आएको र त्यहाँ प्रहरी टोली पठाइएको डिएसपी थापाले बताए । यस्तै भूकम्पसँगै माथिबाट खसेको ढुङ्गाले लागेर जिल्लाको गौमुल गाउँपालिका-२ जुरेलीमा करिब ३५ वर्षीकी जमुना रोकायाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्लाभर भएको घटनाको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सम्बन्धित समाचार













