नयाँदिल्ली- भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा अस्पतालका मालिकसहित पाँच जनाको मृत्यु भएको छ । आगलागीमा अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा आज बिहान करिब २ बजे आगो सल्केको थियो । आगोमा परेर अस्पतालतका सञ्चालक डाक्टर, उनकी श्रीमती, एक जना कामदार र दुई जना आफन्तको मृत्यु भएको छ ।
अस्पताल धुँवाले भरिएको र अक्सिजनको अभावमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अस्पतालको दोस्रो तलामा फैलिएको थियो ।
आगलागीको कारण नखुलेको तथा त्यसको अनुसन्धान भइरहेको धनवाद प्रहरीले जानकारी दिएको छ ।













