धनगढी, चैत १७
पत्रकार लालबहादुर ऐरीलाई गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गरिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डडेल्धुराका ऐरीलाई महाप्रवन्धकमा नियुक्त गरेको हो।
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि फागुन २७ गते आवेदन माग गरिएको थियो । गोरखापत्रमा आवेदन दिएकामध्ये १० जना छनोट भएका थिए ।













