धनगढी, वैशाख ४
धनगढीस्थित केजी अस्पतालले धनगढीमै शुलभ शुल्कमा सेवा उपलब्ध गराइरहेको जनाएको छ । अस्पतालले शनिबार सञ्चारकमीैसंग भेटघोट कार्यक्रमको आयोजना गर्दै अस्पतालले उपलब्ध गराइरहेको सेवा सुविधाका बारेमा जानकारी दिएको हो ।
अस्पतालका प्रवन्ध निर्देशक एवम जेनेरल तथा ल्याप्रोष्कोपीक सर्जन डा. दिपककुमार सिंहले अस्पताल सञ्चालन भएको छोटो समयमै सेवाग्राहीको मन जित्न सफल भएको बताए । उनले शुलभ शुल्कमा आफूहरुले सेवा दिइरहेको बताए ।
उपचार गर्नुभन्दा पहिले नै पैसा खोज्ने काम नगरि विरामीको उपचारमा ध्यान दिने गरेको उनको भनाई छ । ‘कतिपय अस्पतालमा विरामीको उपचारका लागि पहिले नै पैसा जम्मा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर, हामीले पहिले उपचार त्यसपछि पैसा भन्ने गरेका छौँ । विरामीका लागि पैसा भन्दा सेवा महत्वपूर्ण हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
उनका अनुसार अस्पतालमा आकस्मिक सेवा, आईसीयु तथा पीआसीयु सेवा, भिडियो एक्स–रे (अत्याधुनिक प्रविधिद्वारा) विशेषज्ञ डाईक्टरद्वारा चेक जाँच, अप्रेसन सेवा, अत्याधिनिक प्रयोगशाला, डिजिटल एक्सरे सेवा, एम्बुलेन्स सेवा, सुरक्षित सुत्केरी सेवा उपलब्ध छन् ।
यस्तै, इसीजी, इसीएचओ (मुटुको भिडियो एक्सरे) सेवा, इन्डोस्कपी सेवा, हर्निया, एपेन्डिस, दुरबिनबाट पित्तथैली, दुरबिनबाट पाठेघरको अप्रेसन, अण्डासयको अप्रेसनलगायतको सेवा दिइने गरिएको डा. सिंहले जानकारी दिए । उनका अनुसार अस्पतालले विभिन्न रोगको प्याकेजमा सस्तोमा उपचार दिइरहेको छ ।
२५ बेडको अस्पतालमा ६ वटा आईसीयु बेड र दुईवटा भेन्टिलेटर रहेका छन् । अस्पतालले विभिन्न समयमा निःशुल्क ओपीडी सेवा पनि दिइरहेको डा. सिंहले जानकारी दिए ।













