काठमाडौं –अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९यूएसएआईडी० की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छन् ।
अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् ।
पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो । उनको भ्रमण नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको पहिलो उच्चस्तरीय र सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले औपचारिक भ्रमणपछि अमेरिकाबाट हुन लागेको उच्चस्तरीय भ्रमण हो ।























