काठमाडौं – साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने भएको छ । राउण्ड रोविन लिगको अन्तिम खेलमा आज घरेलु टोली बंगलादेशले भुटानलाई ५-० ले हराएपछि फाईनल समीकरण पूरा भएको हो ।
त्यसअघि आजै नेपालले भारतलाई ३-१ ले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । बंगलादेशले भुटानलाई हराएपछि साविक विजेता भारत भने बाहिरिएको छ ।
चार राष्ट्र सहभागी च्याम्पियनसिपमा बंगलादेश र नेपाल शीर्ष दुई स्थानमन रहँदै फाइनल पुगेका हुन् । बंगलादेशले तीन खेलबाट ७ अंक जोड्दा नेपालले ६ अंक जोडेको थियो । बंगलादेश अपराजित रहँदा नेपालले दुई जित र एक हारको नतिजा निकालेको थियो । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।













