• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

सिरिया भूकम्प : भग्नावशेषमा पुरिएकी बालिकाको पुकार– ‘मलाई निकाल्नुस्,

  •   बुधबार, माघ २५, २०७९ मा प्रकाशित

एजेन्सी । उत्तरी सिरियामा भूकम्पका कारण घर भत्किएपछि दुई बालिका भग्नावशेषमा पुरिएका छन् । भूकम्पको ३६ घन्टापछि आइपुगेका उद्धारकर्ताहरूले उनीहरूलाई सहायताको आश्वासन दिइरहेका छन् ।

‘मलाई यहाँबाट बाहिर निकाल्नुस्,’ ठूली बालिका सुस्तरी भन्छिन्, ‘म तपाईंका लागि जे पनि गर्न सक्छु । नोकर पनि बन्छु ।’

उद्धारकर्ता जवाफ दिन्छन्, ‘हैन, हैन ।’ भिडियोमा उद्धारकर्ताहरू बेसनाया–बसेनिएह नामक गाउँमा रहेको ती बालिकाको घरको भग्नावशेषमा टुक्रुक्क बसेका छन् । उनीहरूलाई त्यहाँबाट कसरी सुरक्षित हटाउने भनी उनीहरू लेखाजोखा गरिरहेका छन् ।

उनीहरूलाई बलियो हुन र नरुन उद्धारकर्ताहरू आग्रह गर्दैछन् । पुकारा गर्ने बालिकाको नाम मरियम हो र उनी आफ्नी बहिनीको कपाल मायालु पाराले चलाउँछिन् । उनीहरू भत्केको ओछ्यानमुनि किचिएका छन् ।

सानी नानीको नाम इपलाफ हो । इस्लाममा त्यसको अर्त सुरक्षा हुन्छ । मुस्तफा जुहिर अल–सयद आफ्नी पत्नी र तीन बालबालिकासँग सोमवार बिहान सुतिरहँदा ७।८ म्याग्निच्युडको भूकम्पले धर्ती हल्लाएको बताउँछन् । विगत एक शताब्दीमा उक्त क्षेत्रमा आएको यो सबभन्दा ठूलो भूकम्प हो ।

‘भुइँ हल्लिरहेको थियो अनि हाम्रो टाउकोमा छत खस्न थाल्यो,’ उनले बताए, ‘दुई दिन हामी भग्नावशेषमा पुरियौं । हामीले यस अवधिमा गरेको अनुभव अरू कसैले पनि गर्नु नपरोस् ।’

भग्नावशेषमा च्यापिएको आफ्नो परिवारले कुरान पढेको अनि कसैले आफूलाई भेटोस् भनी चर्को स्वरमा प्रार्थना गरेका अल–सयद बताउँछन् ।

‘मानिसले हामीलाई सुने अनि हाम्रो उद्धार भयो,’ उनले बताए, ‘म, मेरी पत्नी र मेरा बालबालिका अल्लाहको कृपाले जिउँदै छौं । हामीलाई उद्धार गर्नेहरूलाई धन्यवाद ।’

मरियम र इलाफलाई भग्नावशेषबाट निकालेर कम्बलमा बेर्दा स्थानीयहरूले खुशियाली मनाएका थिए ।

कठ्यांग्रिदो जाडोको बेलामा अन्य परिवारहरू जीवितै उद्धार गर्ने आशा घन्टा बितेसँगै हराउन थालेको छ । भत्किएका भवनबाट भाग्न सफल भएका मानिसलाई पनि अत्यधिक जाडोका कारण बाँच्न गाह्रो पर्न थालेको छ ।

अल–सयदको घर इदलिब प्रान्तमा छ । उत्तरी सिरियामा रहेको उक्त क्षेत्रमा विद्रोहीहरूको नियन्त्रण छ । त्यहाँ कम्तीमा १२ सय २० जनाको मृत्यु भएको सिरियन सिभिल डिफेन्स नामक मानवीय सहायता समूहले जनाएको छ । त्यस समूहलाई ह्वाइट हेल्मेट्स भनेर चिनिन्छ ।

भग्नावशेषमा सयौं परिवार अझै पनि थिचिएकाले मृत्यु तथा घाइतेको संख्या उल्लेख्य मात्रामा बढ्न सक्ने उक्त समूहको भनाइ छ ।

सिरियामा सरकारनियन्त्रित भागमा कम्तीमा ८१२ जना मारिएको सरकारी समाचार संस्था सनाले खबर दिएको छ ।

टर्की र सिरिया सीमामा ९ हजारभन्दा बढी मानिस भूकम्पका कारण मारिइसकेका छन् । त्यो संख्या उल्लेख्य रूपमा बढ्नेछ ।

आवश्यकता परेकाहरूलाई सहायता सुस्तरी पुगिरहेको छ । तर भूकम्प आउनुअघि नै सिरियाको ७० प्रतिशत जनसंख्यालाई मानवीय सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको थियो ।

राष्ट्रसंघ र मानवीय सहयोगीहरूले खाद्यान्न, आश्रय, विभिन्न वस्तु तथा औषधि लगायत सिरियालीहरूको तत्कालीन आवश्यकतामा जोड दिइरहेको बताएका छन् ।

  • सिरिया भूकम्प
बुधबार, माघ २५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.