• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

देशभरिबाटै उत्कृष्ट बनेको एसपीएको आइटी प्रोजेक्ट काठमाडौंमा प्रदर्शन हुने

  •   बुधबार, माघ २५, २०७९ मा प्रकाशित

धनगढी- केही समयअघि इन्जियिनर भीम पुन व्यक्तिगत कामले मालपोत कार्यालय धनगढी पुगेका थिए । गेटमा पुग्ने बित्तिकै छेउमा राखिएको एउटा खुल्ला भवन र त्यसको खचाखच भीडले उनको ध्यान तान्यो । भवनमा टन्नै टेबुलकुर्सीहरु राखिएका थिए । हरेक टेबुलमा सेवाग्राही हुन्थे ।

एकजना लेखापढी सम्बन्धि काम गर्ने मान्छेले लेखेको लेखौं गर्थे । सोवापत अन्त्यमा केही पैसा लिन्थे । सेवाग्राहीहरु सरकारी कार्यालयका मुचुल्का, तमसुक, सिफारिस, निवेदन आदिका काम त्यहाँ पैसा तिरेर गरिरहेका थिए । त्यसका लागि लाइन बसिरहेका सेवाग्राहीको समय पनि बर्बाद भइरहेको थियो ।

खासमा ती सरकारी कार्यालयमा निःशुल्क प्राप्त हुने निवेदनका ढाँचाहरु हुन । तर सोझा साझा मान्छेलाई त्यही निवेदन भरिदिएको भन्दै विचौलियाहरुले पैसा असुलिरहेका थिए । एसपीए कलेजको बीआईएम कार्यक्रम निर्देशक समेत रहेका इन्जियनियर पुनको मस्तिष्कमा त्यही बेला एउटा आइडिया फुर्यो, यस्तो एउटा एप होस्, जसले आफ्नो तथ्य भरेकै आधारमा लेखापढीबाट गरिने सम्पूर्ण निवेदन, मुचुल्का, सिफारिस, तमसुक एकैछिनमा तयार गरिदिओस् ।

यस विषयमा पुनले एसपीएकै अध्यापक तथा आइटी अफिसर रविन्द्र रानासँग पनि सल्लाह गरे र आइडिया जन्मियो– ‘वान डोर लेखापढी सिस्टम’ विकास गर्ने । तर व्यस्तताका कारण पुनले उक्त प्रोजेक्ट अघि बढाउँन पाएनन र उनले आफ्नो आइडिया विद्यार्थीहरुसँग साटे ।

सरको आइडिया सुनेपछि एसपीएमै बीआईएम छैटौं सेमिस्टरमा अध्ययनरत् अरुनिमा कठरिया तथा पहिलो सेमिस्टरमा अध्ययनरत् दीपिका जोशी र पुजा साहले उक्त प्रोजेक्ट अघि बढाउँने भए ।

त्यहीबीच आइटी क्षेत्रमा महिलाहरुको उपस्थिति बढाउँने र उत्प्रेरित पार्ने उदेश्यसहित खुलेको सिक्वेल फाउन्डेसनले काठमाडौंमा देशकै सबैभन्दा ठूलो महिला ह्याकाथनको आयोजना गर्ने घोषणा गर्यो । ह्याकाथन एउटा त्यस्तो कार्यक्रम हो, जहाँ आइटी क्षेत्रका नयाँ आइडियाहरु, अविष्कारहरुको प्रदर्शनी गर्ने गरिन्छ ।

उक्त ह्याकाथनमा देशभरिबाटै आइटी क्षेत्रमा रुचि भएका सम्पूर्णलाई आफ्नो प्रोजेक्टसहित आवेदन आह्वान गरिएको थियो । जसमा एसपीए कलेजले पनि अरुनिमा, दीपिका र पुजाको प्रोजेक्टका रुपमा ‘वान डोर लेखापढी सिस्टम’ को बारेमा विस्तृतमा विवरणसहित आवेदन दर्ता गर्यो । ह्याकाथनका लागि देशभरबाट ८० भन्दा बढी आवेदन परेका थिए । जसमध्ये उत्कृष्ट उत्कृष्ट १६ भित्र पर्दै एसपीएको ‘वान डोर लेखापढी सिस्टम’ प्रदर्शनी हुने भएको छ । जसका लागि एसपीएको टोली बुधबार काठमाडौंतर्फ प्रस्थान गर्दैछ ।

‘देशभरिबाट आएका आवेदनहरुमध्येबाट अब्बल ठहरिदै हाम्रो प्रोजेक्ट उत्कृष्ट १६ मा पर्नु नै हाम्रा लागि ठूलो उपलब्धि हो,’ एसपीएका बीआईएम कार्यक्रम निर्देशक पुनले भने, ‘दैनिक जीवनलाई सहज बनाउँने सरल एप भएकाले निर्णायकहरुले रुचाउँनुभएको छ । अब प्रदर्शनीमा आउने सयौं माझ हाम्रो प्रोजेक्ट प्रस्तुत गर्नेछौं ।’

उत्कृष्ट १६ भित्र परिसकेपछि अब काठमाडौंमा बिहीबारबाट सुरु हुने ह्याकाथनमा एसपीएका विद्यार्थीहरुले प्रोजेक्ट प्रदर्शनीमा राख्नेछन् । जुनक्रममा ह्याकाथनमा उपस्थित हुने विशिष्ट व्यक्तित्वहरु, आइटी क्षेत्रका विज्ञहरु र अवलोकनकर्ताले ‘वान डोर लेखापढी सिस्टम’बारे जानकारी लिनेछन् ।

‘हामी आइटी क्षेत्र नै अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि यो ठूलो उपलब्धि हो,’ अरुणिमाले भनिन्, ‘हामीले लामो समय यस प्रोजेक्टमा काम गरेका छौं । प्रदर्शनीबाट प्राप्त अनुभवले यसलाई व्यवसायिक रुप दिन मद्दत पुग्नेछ ।’

उनका अनुसार ‘वान डोर लेखापढी सिस्टम’को मद्दतले सबै सरकारी कार्यालयका निवेदन, मुचुल्का, तमसुक अटोमेटिक जेनेरेट हुन्छ । प्रयोगकर्ताले आफ्नो आवश्यक विवरण पेश गर्ने बित्तिकै एपले एकैछिनमा ती निवेदनहरु तयार पारिदिन्छ । यसले गर्दा बिचौलियालाई पैसा तिर्नुपर्ने तथा लाइन लाग्नुपर्ने समस्याको समाधान हुने विश्वास उनले गरिन् ।

यसअघि पनि एसपीएका बीआईएम अध्ययन गरिरहेका विद्यार्थीहरुले बनाएका दुई प्रोजेक्ट सुदूरपश्चिमाञ्चरस्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा उत्कृष्टमा ठहरिदै काठमाडौंमा प्रदर्शनीका लागि गएका थिए । सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयको बीआईएम कार्यक्रम पढाई हुने एसपीए एकमात्रै शैक्षिक संस्था हो ।

आफ्ना विद्यार्थीलाई अवसर दिने मामलामा एसपीएअघि रहेको कार्यक्रम निर्देशक पुनले बताए । ‘एसपीएले संख्या भन्दा गुणस्तरमा विश्वास गर्छ, स्किलमा फोकस गर्छ । सैद्धान्तिकमात्रै पढेर अबको प्रतिस्पर्धी बजारमा विधार्थीहरु अवसर पाउँन सक्दैनन,’ कार्यक्रम निर्देशक पुनले भने, ‘विद्यार्थीलाई पढाईसँगसँगै बजारको मागअनुसार तयार गर्नुपनि हाम्रो उदेश्य हो । हामी त्यसमा कटिबद्ध भएर लागेका छौं ।’

  • एसपीए
बुधबार, माघ २५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.