जनकपुरधाम – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा भारतीय नागरिकले घरमै घुसेर एक वृद्धमाथि गोली प्रहार गरेका छन् । गोली लागेर स्थानीय ६५ वर्षीय महेन्द्र पासवान घाइते भएका हुन् ।
साँझ करिब साढे ६ बजेतिर भारतीय नागरिकले पासवानको घरमै आएर गोली हानेको बताइएको छ । घुँडामा गोली लागेको उनलाई उपचारका लागि राजविराज ल्याउन लागेको हो ।
सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले पासवानमाथि भारतीय नागरिकले गोली प्रहार गरेको पुष्टि बताए । उनले भारतीय जाबेद भन्ने व्यक्तिले गोली हानेको र उनको खोजीमा लागिसकेको बताए । घटनाबारे बुझ्न प्रहरी घटनास्थल पुगेको उनको भनाई छ ।














