• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

टिकट नपाएपछि विराटनगरका मेयर पराजुलीले दिए राजीनामा

  •   बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित

काठमाडौँ – नेपाली कांग्रेसले गरेको उम्मेदवारी छनोटमा असन्तुष्ट रहेका विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बुधबार पदबाट राजीनामा दिएका छन्। यद्यपि राजीनामा पत्रमा भने मेयर पराजुलीले ‘नैतिकताको आधारमा राजीनामा दिएको’ उल्लेख गरेका छन्।

बुधबार महानगरमा राजीनामा पत्र बुझाउँदै पराजुलीले नैतिकताका आधारमा राजीनामा दिएको बताएका हुन्। ‘निर्वाचन कार्यक्रम सुरू भइसकेको अवस्थामा मेयरको जिम्मेवारीमा रहिरहनु उचित नहुने भएकाले नैतिकताका आधारमा राजीनामा दिएको छु’, उनले भने।

उनले मुख्य कारण नैतिकता बताए पनि टिकट वितरणको असन्तोषका कारण कार्यकाल बाँकी रहँदै पद छाडेका हुन्।

‘राजीनामा पत्रमा नैतिकता भने पनि पार्टीको अन्यायपूर्ण निर्णयको विरोधमा उहाँले राजीनामा दिनुभएको हो,’ पराजुलीनिकट स्रोतले भन्यो, ‘पाँच वर्षे कार्यकालको मूल्यांकन नगरी पार्टीले अर्कैलाई टिकट दिँदा उहाँ आक्रोशित हुनुहुन्छ।’

मेयर पराजुली यसपटक पनि मेयर पदका दाबेदार थिए। उनी दोस्रोपटक उही जिम्मेवारी दोहोर्याउनकै लागि टिकटको दौडमा थिए। तर, कांग्रेस केन्द्रले महानगरको उम्मेदवार टुंग्याउँदा उनी सूचीमा परेनन्। गठबन्धनमा भागबण्डा गर्दा कांग्रेसकै भागमा परेको विराटनगरमा नागेश कोइरालाले मेयरको टिकट पाए।

पार्टीले आफूलाई टिकट नदिएर अन्याय गरेको उनले बताउँदै आएका थिए। टिकटको दौडका लागि काठमाडौंमा रहेका उनले बुधबार विराटनगर आउनासाथ राजीनामा दिएका हुन्।

२०७४ को स्थानीय निर्वाचनमा पार्टीका केन्द्रीय सदस्यहरू तथा आफूभन्दा सिनियर नेताहरूलाई पछि पार्दै पराजुलीले टिकट हात पारेका थिए। त्यसबेला कोइराला समूहमा रहेका पराजुलीलाई टिकट दिलाउन डा. शेखर कोइरालाले ठूलो पहल गरेका थिए। तर, पछिल्लो महाधिवेशनमा उनी शेखर समूह छाडेर संस्थापन समूहमा प्रवेश गरेर पार्टी केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

कृष्णप्रसाद सिटौलानिकट भनेर पनि चिनिएका उनलाई यसपटक टिकट दिलाउन सिटौलाले कांग्रेस केन्द्रमा भूमिका गरेका थिए। तर, डा. कोइरालाको गृहनगर समेत रहेको विराटनगरमा कोइराला पक्षकै मोरङ उपसभापति नागेश कोइरालाले टिकट हात पारे।

महेन्द्र मोरङ क्याम्पसमा स्ववियु सभापति भइसकेका पराजुली कांग्रेसको महानगर सभापति भएपछि मेयर बनेका थिए। लगत्तै यसपटक पार्टी केन्द्रमा निर्वाचित भएका थिए।

  • टिकट नपाएपछि
बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.