जुम्ला – जुम्लाको पातारासी गाउँपालिका-६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन्।
मृत्यु हुनेमा पातारासी-२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोरा रहेको स्थानीय भक्तबहादुर बुढाले जनाए ।
यस्तै घाइते हुनेमा पातारासी-३ का २९ वर्षीय सुर बुढा, १२ वर्षीय सरिता बोहोरा, ५० वर्षीय लोग बहादुर बोहोरा, ३० वर्षीय मायादेवी बोहोरा र ५० वर्षीय परेक बोहोरा रहेका छन् ।
जुम्लाको सदरमुकामबाट लासी बजार जाने क्रममा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रल्हाद कार्कीले बताए ।
कर्णाली प्रदेश ००२००१त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना भएको उनले बताए ।













