काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइारालाले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक बढुवा प्रक्रियामा आपत्ति जनाएका छन् । उनले महानिरीक्षक नियुक्त गर्दा वरियता र विधि मिचेर तेस्रो वरियताका धिरजप्रताप सिंहलाई सरकारले नियुक्त गरेपछि त्यसको विरोध गरेका हुन् ।
‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ’ कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ ।’













