धनगढी- धनगढीको नवजीवन अस्पतालले १७ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ। अस्पतालले वार्षिक उत्सवको अवसरमा फाल्गुन १७ गते सबै बिरामीका लागी ओपिडी टिकट फ्रि गर्ने भएको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिए । सोही अवसरमा सबै बिरामीका लागि ल्याब परीक्षणमा १२ प्रतिशत छुट दिइने उनले बताए ।
१७ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम, बिरामीलाई फलफूल वितरण, मानव सेवा आश्रमका सबैलाई निःशुल्क उपचार, रक्तदान गर्न आउन आह्वान गरिएको र रक्तदान गर्नेलाई प्रमाणपत्र दिने सिइओ खडायत जानकारी दिए । अस्पतालले बिगतसमय देखी विभिन्न रोगको परीक्षण तथा विशेषज्ञ सेवासहित उपचार गर्दै आएको छ।
२०६२ साल फागुन ११ गते १५ शय्या अस्पतालको स्वीकृति लिई नवजीवन अस्पताल सुदूरपश्चिम प्रदेशको पहिलो निजी अस्पताल हो। अक्सिजन अभावलाई मध्यनजर राख्दै आफ्नै लगानीमा अस्पताल प्राङ्गणमा अक्सिजन प्लान्ट स्थापना गरेको र अस्पताल जन्य सेवा प्रदान गर्दै आइरहेको छ।
यस्तै अस्पतालबाट वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन, प्रसूति तथा महिला रोग,बाल रोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटु रोग विशेषज्ञ प्रत्येक दिन सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ।













