धनगढी- धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले बिहीबार भैरहवा सम्पन्न खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । डिसिएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी (सीईसी) लाई २ विकेटले हराउँदै उपाधि जितेको हो ।
टस हारेर ब्याटिङ गरेको सीईसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका स्मिथ बुढाले ४६, उमकर यादवले २५ र सिद्धान्त सावदले २० रन जोडे ।
बलिङतर्फ एसपीएका निशान्त रेग्मी, सचिन साउद र निरज ऐरले समान २–२ विकेट लिए । जवाफी ब्याटिङमा आएको डिसिएको ३१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो ।
डिसिएका निरज ऐरले ३९ र रविन्द्र कुँवरले ३० रन जोडे । सीईसीका करण घर्तीमगर र ओकर यादवले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच डिसिएका निरज ऐर घोषित भए । डिसिएले उपाधिसहित ३० हजार नगद हात पारेको छ ।













