काठमाडौँ – आईसीसी यू–१९ विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटमा नेपालले हङकङविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
यूएईको मालेक क्रिकेट मैदानमा जारी खेलमा हङकङले २३ ओभरमा चार विकेटको क्षतिमा ४७ रन मात्रै बनाएको छ । नेपालका लागि हेमन्त धामीले दुई र सुवास भण्डारीले एक विकेट लिएका छन् । हङकङका आरेज दर, अन्स रुपेश डोशी, शिव माथुर, अब्दुल सामद खान आउट भइसकेका छन् ।
नेपाल लगातार तेस्रो जितको खोजिमा छ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो । त्यसपछि दोस्रो खेलमा नेपालले कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।














