काठमाडौं– स्थानीय तह निर्वाचनको मतदानाको लागि निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ ।
देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा हालसम्म करिब ५६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
यद्यपि अन्तिम विवरण आउन बाँकी छ । देशका केही स्थानमा झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ ।
राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ती मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी स्थगित भएको छ ।













