धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता कायमै लिएका छन्। ३ सय ५३ मतगणना हुँदा हमालले १४८ मत पाएका छन्।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १०३, नेकपा एमालेका रणबहादुर चन्दले २० मत पाएका छन्। ७७ मत बदर भएको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले लिड गरेकी छिन्।













