धनगढी– कैलाली-कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरू नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरे सँगै चुनावी अभियान जुटेका छन् ।
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष
पुष्पराज कुँवर र कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशी सहितको टोली चुनावी अभियानमा जुटेको हो ।
सो अभियान अन्तर्गत उनीहरूले आज (बिहीबार) मकवानपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष किशन कटुवाल, पर्सा खैरेनी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिपेन श्रेष्ठ, रतन नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कृष्ण श्रेष्ठ र पाल्पा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मोहन श्रेष्ठ लगायत उद्योगी व्यवसायीसँग भेटघाट गरेका छन् ।
भेटका क्रममा उनीहरूले जितेको अग्रीम शुभकामना साथै चुनावमा आफूहरूले सहयोग गर्ने बताएका छन् । महासङ्घको ५७ औँ वार्षिक चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ ।














