धनगढी- नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका कैलाली र कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरू भाेट माग्नमा व्यस्त भएका छन् ।
बुधबार धनगढीबाट चुनावी अभियान सुरू गरेका कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर र कञ्चनपुर उद्योग वाणिज्य सङ्घ पिताम्बर जोशी भोट माग्न देश दौडाहामा निस्किएका हुन् ।
उनीहरूले बिहीबार मधेश प्रदेशको राजधानी जनकपुर पुगेर त्यहाँका उद्योगी व्यवसायीहरूसँगै भेटेर भाेट मागे ।
सो अभियान अन्तर्गत उनीहरूले मधेश प्रदेशका आठवटै जिल्लाका अध्यक्ष लगायत यस ठाउँका उद्योगी व्यवसायीहरूसँग भेटघाट गरेका छन् ।
भेटका क्रममा उनीहरूले जितको अग्रीम शुभकामना साथै चुनावमा आफूहरूकाे साथ सहयोग रहने प्रतिबद्वता जनाए ।
महासङ्घको ५७ औँ चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ ।













