धनगढी- माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ ।
प्रदेशमा पहिलो दिन १ हजार २१८ परीक्षार्थी अनुपस्थित देखिएको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ । प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार तीन सय ७६ परीक्षार्थी छन् ।
निर्देशनालयका अनुसार डोटीमा ४० जना छात्र र ५४ जना छात्रा गरी ९४ जना, बाजुरामा २६ छात्र र २९ छात्रा गरी ५५ जना, बझाङमा ४४ छात्र र ५२ छात्रा गरी ९६ जना, अछाममा ५४ छात्र ६७ छात्रा १२१ जना, दार्चुलामा ३० छात्र र १६ छात्रा गरी ४६ जना, बैतडीमा ७१ छात्र र ५९ छात्रा गरी १३० जना, डडेल्धुरामा १८ छात्र र १६ छात्रा गरी ३४ जना, कञ्चनपुरमा १७२ छात्र र १८९ छात्रा गरी ३६१ जना र कैलालीमा १७२ छात्र र १८९ छात्रा गरी ३६१ जना अनुपस्थित रहे ।
सुदूरपश्चिममा एसईईका लागि दुई सय आठवटा परीक्षा केन्द्र तोकिएको निर्देशनालयले जनाएको छ ।























