धनगढी– नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव नजिकिएसंगै देश दौडाहामा निस्केका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी पूर्र्वी नेपाल पुगेका छन् ।
कुँवर र जोशीले महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेपछि देशभरका उद्योगी व्यवसायीलाई भेटघाटमा सक्रियता बढाएका हुन् ।
बुधबार धनगढीबाट चुनावी अभियान सुरू गरेका कुँवर र जोशीले शुक्रबार कोशी प्रदेशका विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षसहित उद्योगी व्यवसायीहरुसंग भेट गर्दै चुनावमा सहयोग गर्न आग्रह गरेका छन् ।
भेटका क्रममा केन्द्रीय सदस्यका उम्मेदवारी पुष्पराज कुँवरले सुदूरपश्चिम र सुदूरपूर्वलाई जोडने उद्देश्यका चुनावलाई पनि मध्येनजर गर्दै आफूहरु पूर्वसम्म पुगेको बताए । सुदूरपूर्वका व्यवसायीहरुसंग सुदूरपश्चिम जहिले पनि हातेमालो गरेर अगाडि बढन तयार उनले बताए ।
भेटका क्रममा त्यहाँ उद्योगी व्यवसायीहरुले चुनावमा जीतको अग्रीम शुभकामना दिँदै आफूहरूको साथ सहयोग रहने प्रतिबद्वता जनाए । महासङ्घको ५७ औँ चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ ।














