काठमाडौं- पाकिस्तानको कराँचीमा रहेको एक कारखानामा निःशुल्क खाद्यान्न वितरण गर्ने क्रममा भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ । घटनामा अरु दर्जनौँ घाइते भएका छन् ।
मृतकहरूमध्ये नौ जना महिला र तीन जना बालबालिका रहेका छन् । उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो ।
कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ । घाइतेहरू मध्ये धेरैको अवस्था गम्भीर छ ।













